
SBS Nepali
SBS (Australia)
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Location:
Sydney, NSW
Genres:
News & Politics Podcasts
Networks:
SBS (Australia)
Description:
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू
Language:
Multilingual
Contact:
SBS Radio Sydney Locked Bag 028 Crows Nest NSW 1585 Australia (02) 9430 2828
Episodes
Sound design in Nepali films: What does the industry need next? - नेपाली सिनेमामा ‘साउन्ड डिजाइन’: कस्तो छ अवस्था?
4/23/2026
As more people build “home studios” to watch movies, has the need for sound design in Nepal’s film industry changed over the years? Nepal correspondent Girish Subedi spoke with senior sound designer and trainer Bipin Sthapit, who has been working in the industry for over three decades. Sthapit is the founding president of the newly formed Audio Visual Society of Nepal (AVSN). - करिब तीन दशक जतिको समय ध्वनि सम्पादनमा बिताइसकेका बिपिन स्थापित हाल नेपालमा एक सिनियर साउन्ड डिजाइनरका रूपमा परिचित छन्। उनको काम कालो पोथी लगायतका नेपाली सिनेमाहरूमा पाउन सकिन्छ। यसका साथै उनले उक्त विषयमा प्रशिक्षण पनि दिने गरेका छन्। र, लामो समयको प्रयास पछि, हालसालै नेपाली फिल्मकर्मी श्रव्यदिव्य प्राविधिकहरूको एक सङ्गठन सुरु गर्न आफू सफल भएको भनाई राख्ने स्थापित, ‘नेपाल श्रव्य दृश्य समाज’ वा ‘अडियो भिजुअल सोसाइटी अफ नेपाल’बाट नेपाली सिनेमाको स्तरोन्नतिको निम्ति उल्लेखनीय कामहरू गर्ने आफ्नो चाहाना रहेको बताउँछन्। बिपिन स्थापितसँग एसबीएस नेपालीका लागि संवाददाता गिरिश सुवेदीले नेपाली सिनेमामा ध्वनिको गुणस्तर लगायतका विषयमा गर्नुभएको कुराकानी सुन्नुहोस्।
Duration:00:11:57
‘कठिन तर अपरिहार्य’: अपाङ्गता सम्बन्धी बिमा योजनाको खर्च घटाउन सरकारले कस्ता सुधार ल्याउँदै छ?
4/23/2026
सङ्घीय सरकारको अपाङ्गता सम्बन्धी बिमा योजना, नेशनल डिजेबीलीटी इन्स्योरेन्स स्कीम (एनडीआइएस)मा खर्च कटौती र ठगीलाई नियन्त्रण गर्न ठुलो परिवर्तन गर्ने सरकारले घोषणा गरेको छ। अपाङ्गता अधिकारकर्मीहरूले सुधारका केही पक्षहरूलाई स्वागत गरेको भए पनि सहयोग कटौती र योग्यतासम्बन्धी मापदण्डबारे अझ स्पष्टता दिन आवश्यक रहेको बताएका छन्। उनीहरूले आवश्यक सहयोगमा निर्भर व्यक्तिहरूले अत्यावश्यक सेवा गुमाउने जोखिम रहेको चिन्ता व्यक्त गरेका छन्। एक रिपोर्ट
Duration:00:09:41
When should you see a doctor for a cold or flu? - रुघाखोकी लाग्दा कस्तो अवस्थामा डाक्टरकोमा जाने?
4/22/2026
After Australia’s deadliest flu season on record, with over 1,700 deaths, the government is urging everyone over 6 months get a flu shot. SBS Nepali spoke to Sydney-based GP Dr Prabin Pathak about fast-spreading flu variant known as Super-K flu, high-risk groups, and when to seek medical care. - अस्ट्रेलियामा जाडो याम सुरु भएसँगै फ्लु सिजन पनि सुरु भइसकेको छ। गत वर्ष रुघाखोकी जस्ता फ्लु सम्बन्धी विभिन्न समस्याका कारण १७ सय भन्दा बढी अस्टेलियनहरुको ज्यान गएको तथ्याङ्क रहेकोमा, यस वर्षको चिसो मौसममा रोग प्रतिरोधी बन्न के गर्न सकिन्छ त? सिड्नी स्थित जीपी प्रबिन पाठकले ६ महिना भन्दा माथिका सबैले फ्लु भ्याक्सीन लगाउन सुझाव दिन्छन्। सुपर-के फ्लु भनेको के हो, कस्ता व्यक्तिले फ्लु सट लगाउनु पर्छ, रुघाखोकी लाग्दा कुन अवस्थामा डाक्टरको जाने? यीनै विषयमा डाक्टर पाठकसँग गरिएको कुराकानी सुन्नुहोस्।
Duration:00:09:12
Iran seizes ships crossing Hormuz | Morning News Bulletin 23 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बिहीवार, २३ एप्रिल २०२६
4/22/2026
In this bulletin, Iran says it has seized cargo ships near the Strait of Hormuz, the Coalition says there's been little consultation on changes to the NDIS. And in NRL, St George Illawarra’s Kade Reed says he's looking forward to his Anzac Day debut. - रिजनल क्वीन्सल्यान्डको केर्न्स नजिकै रहेको डीरलस्थित आगलागी भएको एक घरमा मानव अवशेष फेला परे पछि अनुसन्धान जारी लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
Duration:00:04:59
Australian weather update for Thursday, 23 April 2026 - बिहीवार, २३ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/22/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:01:38
Australia's Niue Island Community Honours ANZAC Pioneers - SBS Examines: अस्ट्रेलियामा बसोबास गर्ने न्युवे टापुका समुदायद्वारा एन्ज्याकहरुको सम्मान
4/22/2026
Forgotten ANZACs from the Pacific Island of Niue. Descendants recall the tragedy filled journey of 150 volunteers, from an isolated tropical atoll, who were thrust into the cauldron of World War I. - प्रशान्त महासागर स्थित न्युवे टापुका १५० जना स्वयंसेवकहरूको त्रासदीपूर्ण यात्रालाई उनीहरूका वंशजहरूले अस्ट्रेलियामा 'एनज्याक डे' मनाइँदै गर्दा स्मरण गरेका छन्। उनीहरूले पहिलो विश्वयुद्धको भीषण सङ्घर्षमा भाग लिएका थिए।
Duration:00:07:17
Melbourne restaurant wage theft: Nepalis among workers receiving back pay - मेलबर्नको रेस्टुरेन्टमा तलब ठगी: नेपाली सहितका कर्मचारीले पाए फिर्ता रकम
4/22/2026
The Fair Work Ombudsman has signed an Enforceable Undertaking with the operator of a Melbourne restaurant, which has back-paid more than $194,000 to 38 workers, including visa holders from Nepal and India. - कर्मचारीलाई कम तलबमा काम लगाउने मेलबर्नको एक रेस्टुरेन्टलाई फेयर वर्क अम्बड्समनले एक सम्झौता मार्फत ३८ जना कामदारलाई १ लाख ९४ हजार डलर भन्दा बढी फिर्ता गर्न लगाएको छ। इन्फोरसेबल अन्डरटेकिङ भनिने एक लिखित प्रतिबद्धता मार्फत कामदारहरूले ठगिएको रकम फिर्ता पाएका हुन्।
Duration:00:06:22
Trump extends ceasefire deadline | Morning News Bulletin 22 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: बुधवार, २२ एप्रिल २०२६
4/21/2026
Ceasefire deadline extended as the world waits to see whether Iran will join peace talks; NDIS cuts due to be outlined today; the Sydney Swans prepare for a tough test against the Western Bulldogs. - पेरेन्ट्स भिसा माग र यो पाउन पर्खनु पर्ने समय लम्बिएको बारे सरकारको भनाइ, अमेरिकाले इरानसँगको युद्ध विराम अवधि लम्ब्याउने राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ, एक आदिवासी महिलाले आफ्नो मुद्दा सुनुवाई हुने स्थानलाई लिएर गरेको आग्रह मजिस्ट्रेटद्वारा अस्विकार, सिड्नी स्वान्सका प्रशिक्षकले वेस्टर्न बुल्डग्ससँग कडा प्रतिस्पर्धा हुने बताएको लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
Duration:00:04:15
‘Ratyauli’ in Nepali weddings - ‘आमालाई सारी र भेटी, छोरालाई सुन्तला पाउरोटी’: बिहेमा रत्यौली
4/21/2026
As the Nepali New Year ushers in a new wedding season, listen to our conversation with Sabina Adhikari Chhetri, who sings traditional ‘ratyauli’ songs. Nepal correspondent Sewa Bhattarai spoke to Chhetri during a ratyauli workshop organised by Ethnomusicologist Pushpa Palanchoke in Pokhara. - नेपाली नव वर्षसँगै विवाहको पनि नयाँ मौसम सुरु हुँदै गर्दा, तपाईँहरूलाई बिहेका बेला गाइने रत्यौलीका बारेमा चाहिँ कत्तिको थाहा छ? केही समय अगि, नेपालको पर्यटकीय शहर, पोखरामा एकजना एथ्नोम्युजिकोलोजिस्ट, पुष्पा पलाञ्चोकेले रत्यौली सम्बन्धी कार्यशाला आयोजना गरेकी थिइन्। त्यहाँ पुगेर संवाददाता सेवा भट्टराईले रत्यौली लगायत भजनकिर्तनमा व्यस्त रहने गरेकी र महिलाका परम्परादेखि चलिआएका गीतहरूकी एक जानकार सबिना अधिकारी क्षेत्रीसँग गर्नुभएको कुराकानी सुन्नुहोस्।
Duration:00:10:56
Australian weather update for Wednesday, 22 April 2026 - बुधवार, २२ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/21/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:01:58
The overlooked story: Aboriginal and Torres Strait Islander service on ANZAC Day - बेवास्ता गरिएको कथा: एन्ज्याक डेमा आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूको सेवाको सम्झना
4/21/2026
Each year Australians gather on ANZAC Day to remember those who served in wars, conflicts and peacekeeping missions. But whose stories are we remembering? Are there stories we don’t always hear? In this episode we explore an important part of Australia’s history that has often been overlooked—the service of Aboriginal and Torres Strait Islander peoples. - हरेक वर्ष एन्ज्याक डेका दिन मानिसहरू भेला भएर युद्ध, द्वन्द्व र शान्ति स्थापनामा योगदान दिएका मानिसहरू प्रति सम्झना गर्ने गरिन्छ। तर यदि अस्ट्रेलियामा तपाई नयाँ हुनुहुन्छ भने एन्ज्याक डेको महत्वका बारेमा बुझ केही समय लाग्न सक्छ। एन्ज्याक डे युद्ध र विभिन्न सङ्घर्षहरूमा सेवा गरेका व्यक्तिहरूलाई सम्झने समय हो र धेरै अस्ट्रेलियनहरूका लागि यो इतिहासलाई सम्मान गर्दै एकताबद्ध हुने एक क्षण पनि हो। अस्ट्रेलिया बुझ्नुहोस् को यस भागमा हामी आदिवासी र टोरेस आइल्याण्डर मानिसहरूले सेनामा गरेको सेवा र ओझेलमा परेको एक महत्त्वपूर्ण इतिहासका बारेमा चर्चा गर्दै छौ।
Duration:00:08:08
पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइयो, नेपालको प्रस्ताव संयुक्त राष्ट्र सङ्घद्वारा स्वीकार
4/20/2026
अन्तर्राष्ट्रिय आरोग्य दिवस सम्बन्धी नेपालद्वारा प्रस्तुत प्रस्ताव संयुक्त राष्ट्र सङ्घले पारित गरेको छ। हरेक वर्ष एप्रिल १५ का दिन आरोग्य दिवस मनाउने भनी नेपालले गरेको प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घको महासभाले अघिल्लो महिना पारित गरेको हो। यसरी संयुक्त राष्ट्र सङ्घको महासभाबाट प्रस्ताव पारित हुनु नेपालका लागि कत्तिको महत्त्वपूर्ण विषय हो त? नेपाल संवाददाता प्रतीक्षा दुलालले संयुक्त राष्ट्र सङ्घ अन्तर्गत जिम्बाब्वे, म्यानमार जस्ता देशमा आवासीय संयोजक भएर काम गरिसकेका विश्व पराजुलीसँग गरेको कुराकानी सुन्नुहोस्।
Duration:00:14:14
Free RSV vaccinations for older Australians - वृद्ध अस्ट्रेलियनहरूका लागि निःशुल्क आरएसभी खोप
4/20/2026
The Federal Government has announced free R-S-V vaccinations for older Australians, in a push to better protect those most at risk from the potentially deadly respiratory virus. The $445 million dollar investment means Australians aged 75 and over - and Aboriginal and Torres Strait Islander people aged 60 and over - will be able to access the immunisation for free from mid May, saving them as much as $300 dollars per vaccination. - घातक समेत हुन सक्ने 'आरएसभी'को सङ्क्रमणबाट सबैभन्दा धेरै जोखिममा रहेका अस्ट्रेलियनहरूलाई सुरक्षित राख्न सङ्घीय सरकारले निःशुल्क खोप प्रदान गर्दै छ। ४४ करोड ५० लाख डलरको लगानी रहने योजना अन्तर्गतको खोप ७५ वर्ष वा सो भन्दा माथिका गैर आदिवासी तथा ६० वा सोभन्दा बढी उमेरका आदिवासी अस्ट्रेलियनहरूले निःशुल्क लगाउन सक्ने छन्।
Duration:00:07:53
Australia backs calls for more talks over Strait of Hormuz | Morning News Bulletin 21 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: मङ्गलवार, २१ एप्रिल २०२६
4/20/2026
Australia calls for a negotiated settlement to re-open the Strait of Hormuz; Israeli and Lebanese representatives expected to hold talks in Washington DC on Thursday; And in AFL, Port Adelaide's Zak Butters cleared of umpire abuse. - अस्ट्रेलियन क्यापिटल टेरीट्री (एसीटी)मा नयाँ आवास निर्माण गर्न सङ्घीय र प्रदेश सरकारबिच सम्झौता, वुलवर्थस्ले सामानको भाउ बढाएर छुट दिने गरेको भन्ने कथित आरोपको अदालतमा स्पष्टीकरण दिने र इरान-अमेरिका द्वन्द्व वार्ता मार्फत समाधान हुनु पर्नेमा अस्ट्रेलियाको जोड लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
Duration:00:04:57
सामाजिक कुरीतिबारे गाउने ‘तिवारी आमा’ कसरी बनिन् नेपाल बाहिर पनि लोकप्रिय?
4/20/2026
नेपालको गण्डकी क्षेत्रमा पाइने लोकगीतकी एकजना जानकार तथा ब्राह्मण क्षेत्री समुदायमा प्रचलित मागल, उवाली, रत्यौली, बालन, सिलोक लगायतका गीतमा गायिका रामपुर, पाल्पाकी लक्ष्मी तिवारी आजकाल व्यस्त छिन्। पछिल्लो समयमा उनले गाएका गीतहरू युट्युबमा आउन थालेपछि उनी “तिवारी आमा”का नामले चर्चित हुन थालेकी हुन्। तिवारीले एकैछिनमा आफ्नै शब्द रचना गरेर गीत गाउने गर्छिन् भने उनले आप्रवासी नेपालीका बारेमा बनाएका गीतका कारण उनी नेपालबाहिर पनि लोकप्रिय बनेकी छिन्। गत नोभेम्बर महिनामा पोखरामा आयोजना गरिएको रत्यौली सम्बन्धी कार्यशालामा नेपाल संवाददाता सेवा भट्टराईले उनलाई भेटेर यो क्षेत्रका लोपोन्मुख गीतहरूका बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।
Duration:00:12:06
Australian weather update for Tuesday, 21 April 2026 - मङ्गलवार, २१ एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/20/2026
Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:02:09
नेपाल डायरी: सार्वजनिक पदमा रहेका पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने र ऐरी टी-२० टोलीको कप्तान
4/20/2026
गएका सात दिन यता नेपालमा घटेका प्रमुख घटनाहरू बारे जानकारी दिने साप्ताहिक नेपाल डायरी सुन्नुहोस्।
Duration:00:06:13
How to identify poisonous mushrooms in Australia? - अस्ट्रेलियामा उम्रने विषालु च्याउ कसरी चिन्ने?
4/19/2026
As wild mushroom season begins, Australians are being warned about the risks of accidental ingestion of death cap mushrooms and other poisonous fungi. we recall our conversation with Yakindra Timilsena, President of the Nepalese Association of Agriculture, Forestry, and Environment in Australia, about identifying toxic mushrooms and important safety precautions. Food research scientist Timilsena is also the current president of the Nepalese Association of Victoria. Note: This conversation was first published on 30 May 2025. - जङ्गली च्याउको मौसम सुरु भएसँगै अस्ट्रेलियनहरूलाई विषालु च्याउको गल्तीले सेवन गर्ने जोखिमबारे चेतावनी दिइएको छ। विश्वसनीय बजार र किराना पसलबाट मात्रै च्याउ किन्न अस्ट्रेलियाको खाद्य सुरक्षा सूचना परिषद (एफएसआइसी)ले आग्रह गरेको हो। यही सन्दर्भमा हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग केही समय अगि गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुन्। नोट: यो कुराकानी हामीले पहिलो पटक ३० मे सन् २०२५ मा प्रकाशित भएको हो।
Duration:00:12:30
Trump issues more threats ahead of talks | Morning News Bulletin 20 April 2026 - एसबीएस नेपाली प्रमुख समाचार: सोमवार, २० एप्रिल २०२६
4/19/2026
Donald Trump threatens to resume Iran strikes as ceasefire deadline nears; Victoria extends free public transport, fares to halve after May; And in sport, Zak Butters to challenge AFL ruling over umpire remark. - बढ्दो इन्धन मूल्य र एआइका कारण जागिर गुम्ने खतराले अस्ट्रेलियनहरू निराश बन्दै गएको एक अध्ययनको निष्कर्ष, आगामी मे महिनाको बजेटमा प्रशासनिक झन्झटहरू कम गर्न विभिन्न समूहहरूको सरकारलाई सुझाव र एएफएलमा मेलबर्न डेमन्सको रोमाञ्चक जित लगायत आजका प्रमुख समाचार छोटकरीमा सुन्नुहोस्।
Duration:00:04:29
सोमवार, २० एप्रिल २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
4/19/2026
अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
Duration:00:01:52